+
+
Shares

व्यवसायी आचार्यको हत्या आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते २१:२५

७ जेठ, काठमाडौं । करिब ३ महिनाअघि सुर्खेतको वीरेन्द्रनगर–१ मा हत्या गरिएका व्यवसायी चन्द्रप्रसाद जैशी आचार्यको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धपथमा पसल सञ्चालन गर्दै आएका नन्दकल विष्ट, उनका श्रीमान कृष्ण विष्ट र छोरी विन्दु विष्ट छन् ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख एसपी वसन्त रजौरेले उनीहरुविरुद्ध सोमबार ज्यान मुद्दामा म्याद थप गरिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले पहिले पनि उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याएका थियौं । यो पटक चाहिँ केही सबुत संकलन गरेर अदालतको अनुमतिमा पक्राउ गरिएको हो ।’

यद्यपि, उनले अहिल्यै हत्याको कारण बारे निष्कर्ष निकालिहाल्न भने हतार हुने बताए ।

यसअघि १८ फागुनमा वीरेन्द्रनगरको जुम्ला रोडमा चिया पसल सञ्चालन गर्दै आएका आचार्यको १८ फागुनमा शव भेटिएको थियो ।

घटना भएको लामो समय वितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै मृतकका परिवारले प्रहरी प्रशासनको आलोचना समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?