Comments Add Comment

अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा, मेस्सीसँगै को–को परे ?

८ जेठ, काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले २३ सदस्यीय टिमको घोषणा गरेको हो । यो पटक अर्जेन्टिनाको टिम निकै बलियो देखिएको छ । कप्तान मेस्सीसँगै विश्वचर्चि खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो र इटालियन सिरि ए को उपाधि दिलाएका पाउल डिबेला जस्ता चर्चित फरवार्ड टिममा परेका छन् ।

विश्वकप २०१८ पछि पहिलो पटक सर्जियो अग्युरो टिममा परेका हुन् ।

अर्जेन्टिना फुटबल टिम
गोलकिपरः फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा, अगस्टिन मारचसिन

डिफेन्डरः जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना, मिल्टन कस्को ।

मिडफिल्डरः लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो सेल्सो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल, एन्जल डि मारिया ।

फरवार्डः लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment