Comments Add Comment

सावित्राको दुई गोलसँगै सेथुले जित्यो भारतीय लिग

८ जेठ, काठमाडौं । नेपाली फुटबलर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथु एफसीले इन्डियन महिला फुटबल लिगको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस् क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेथुले उपाधि जितेको हो । सेथुको जितमा सावित्राले दुई गोल गरिन् ।

खेलको पहिलो हाफसम्ममा भने सेथु १–० पछि परेको थियो । राधारानी देवीले गोल गर्दै मनिपुर पुलिस स्पोर्टस् क्लबलाई पहिलो हाफसम्ममा १–० गोलको अग्रता दिलाएकी थिइन् । तर दोस्रो हाफमा सेथुले उत्कृष्ट पुनरागमन गर्दै तीन गोल गर्न सफल भयो । सेथुका लागि इन्दुमतिले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएकी थिइन् ।

त्यस्तै, सावित्राले खेलको ६० औं र ७० औं मिनेटमा गोल गर्दै ३–१ गोलको जित दिलाइन् ।

सावित्राले यो लिगमा तीन ह्याट्रिक गरिन् । उनले आफ्नो डेब्यु खेलमै मणिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । यो उनको पहिलो ह्याट्रिक थियो । त्यस्तै, उनले एफसी कोहलपुर सिटीविरुद्ध दोस्रो ह्याट्रिक गोल गरेकी थिइन् ।

त्यस्तै, सेमिफाइनलमा एसएसबी सेन्ट्रल महिला फुटबल क्लबविरुद्ध सावित्राले ह्याट्रिकसँगै चार गोल गरेकी थिइन् । उनले लिगमा १५ गोल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment