+
+
Shares

सरिता हत्या प्रकरण : श्रीमानसहित ५ जना पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १६:४६

९ जेठ, काभ्रे । काभ्रेको मण्डन देउपुर-६, सिपाघाटकी सरिता दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काभ्रेले बिहीबार श्रीमान् सुदिप, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

न्यायधीश दुर्गा खड्काको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जनाइएको छ । यसअघि १३ वैशाखमा दुलालको घाँटीमा थिचेर हत्या गरिएको थियो ।

पक्राउ परेका ४ जना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि सरिताका श्रीमान सुदिपले सामुहिक रुपमा हत्या गरेको बयान दिएको जनाइएको छ । अन्य प्रमाणबाट पनि परिवारका अन्य व्यक्ति कसुरदार होइनन् भन्ने आधार नदेखिएको फैसलामा उल्लेख छ ।

प्रहरीको दाबी अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले पनि सरिताको हत्या एक जना व्यक्तिबाट मात्रै नभएको देखाएको थियो ।

दुलाल परिवारमा सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा विवाद रहेको स्थानीयवासीले बताउँदै आएका छन् । पक्राउ परेका ५ जनैविरुद्ध प्रहरीले ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।

दुलालका दाजु चैनपुरका कृष्णप्रसाद दाहालले दिएको जाहेरीमा भनिएको छ, ‘सरिताको हत्यापछि श्रीमान् सुदीप फरार हुनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनेर प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको सम्भावनालाई बलियो बनाएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?