Comments Add Comment

सरकारले कुनै योजना शिलान्यास गर्न सकेन : रामचन्द्र पौडेल

९ जेठ, डडेल्धुरा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले कुनै नयाँ योजना शिलान्यास गर्न नसकेको आरोप लगाएका छन् ।

डडेल्धुरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले १४ महिनासम्म समृद्धिका ठूला सपना बाँडे पनि केही काम गर्न नसकेको दावी गरे ।

‘बहुमतको सरकार भन्छन् । आयो १४ महिना भइसक्यो । के गरे ? हामीले बनाएका सडक, पुल, भवन, नहर उद्घाटन गर्नबाहेक कहाँ नयाँ के शिलान्यास गरे त ? कुन कलकारखाना कुन उद्योग सुरुवात भयो’ उनले प्रश्न गरे ।

सरकारको पहिलो प्राथमिकता नेता कार्यकर्ता कसरीलाई बजेट दिने वा बजेटलाई कार्यकर्तामुखी बनाउने भन्ने रहेको पौडेलको भनाइ छ । कांग्रेसले जितेका स्थानीय तहमा बजेट नै नदिएको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment