Comments Add Comment

स्पेनको कृषि प्रणाली नेपाल भित्र्याउन दुई देशका कृषि उत्पादकबीच सम्झौता

१० जेठ, बार्सिलोना । स्पेनको आधुनिक कृषि प्रणाली नेपालमा भित्रिने भएको छ। स्पेनको अग्रणी कृषि फर्म फ्रुतास क्यान्डिल मार्काम्याड्रिड र बुद्व लुम्बिनी ग्रुप नेपाल लिमिटेडबीच स्पेनको कृषि प्रणाली भित्र्यान बुधबार एक सम्झौता भएको हो ।

फ्रुतास क्यान्डिल मार्काम्यियाड्रिड स्पेनको ठूलो कृषि उत्पादक कम्पनीमध्ये एक हो । यसले सन् १९७५ देखि आलमरिया, मुर्सिया, ग्रानाडा, मालागालगायतका शहरहरुमा कृषि उत्पादन गर्दै आएको छ ।

हाल म्याड्रिडमा रहेका लुम्बिनी सास्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले स्पेनको आधुनिक कृषि प्रणालीलाई लुम्बिनीमा पुर्याउने बाटो खुलेको बताए।

उनले लुम्बिनीको माटो र उत्पादन क्षमताको जाँच अबको पहिलो कार्य हुने बताए । सम्झौता अनुसार काम गर्न कृषि फर्मको अवलोकनसँगै प्रदेश सरकारसँग छलफल गर्ने याेजनाबारे पनि उनले सुनाए ।

बुद्व लुम्बिनी ग्रुप नेपालको तर्फबाट हस्ताक्षर गरेका स्पेननिवासी एकराज गिरीले लुम्बिनीबाट कृषक टोली ल्याएर प्रविधि नेपालमा लैजान तालिम दिने बताए । उनका अनुसार, फलफुल तथा तरकारीहरुको बिउ बिजन, उत्पादन, भण्डारणदेखि बजार व्यवस्थापनको जानकारी दिन ३ देखि ६ महिनासम्म तालिम दिने सहमति बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment