
१० जेठ, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडिया काउन्सिल विधेयक यथास्थितिमा पास नहुने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रेष्ठले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने गरी विधेयक पास नहुने बताए । उनले कान्सिलमा सरकारी मान्छेहरुको बहुमत हुने र आफैं न्यायाधीश बन्ने प्रावधान संशोधन गरेर मात्र विधेयक पास गर्ने नेकपा प्रवक्ता श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधेयक स्वतन्त्र पत्रकारिता विरोधी भएको भन्दै संशोधन गर्न माग गरे । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयक अहिलेकै अवस्थमा पास भए लोकतन्त्रको महसुस गर्न नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4