Comments Add Comment

विदेशको कुन कम्पनीबाट कस्तो पदमा माग आयो भन्ने अनलाइनमै हेर्न मिल्ने

१२ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरु अहिले माग (डिमान्ड)हरुबारे जान्न म्यानपावरमा चाहार्न बाध्य छन्, अब भने त्यसो गर्नुनपर्ने भएको छ । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ ।

विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुन देशका कुन कम्पनीका कस्ता कामका लागि माग आएका छन् भन्ने अब विभागको अनलाइन https://foreignjob.dofe.gov.np/मा हेर्न सकिने बताए ।

‘दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भईरहेको छ,’ भुसालले भने,’ अब विदेशमा जान चाहेको काम र सीपको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्छ ।’

वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरु अब दलालले दिएको आश्वासनको भर पर्नु नपर्ने उनले बताए । विभागको वेबसाइटमा गएर काम, दाम, कामदार लैजाने कम्पनी, पठाउने म्यानपावर एजेन्सी सबैको विवरण प्राप्त गर्नेछन् ।

हाल म्यानपावर कम्पनी र दलालहरुले कामदारलाई विभिन्न आश्वासन दिएर पासपोर्ट र रकम होल्ड गर्ने क्रम बढेको छ ।

यस्तो अवस्थामा कामदारले आफू जान लागेको देश, कम्पनी वा पठाउने म्यानपावरको पूर्व श्रम स्वीकृतिको विवरण विभागको वेबसाइटमा गएर सजिलै छड्के जाँच गर्न सक्छन् । यसबाट ठगी नियन्त्रणमा महत्वपूर्ण सफता मिल्ने आशा सरकारको छ ।

आफू जान लागेको काम कुन प्रकृतिको हो, कति न्युनतम् तदलब ब्यारेन्टी गरिएको छ, भनेजस्तै सुविधा छ/छैन लगायतका विवरण हेर्न सकिने गरी यो प्रविधिको विकास गरिएको छ ।

यस्तै कुनै देश छनेट गरे त्यस देशका लागि कुन म्यानपावरमा कति जनाको कस्तो प्रकतिको माग आएको भन्ने पनि पत्ता लगाउन सकिने छ । यसबाट कामदारलाई पर्याप्त लाभ मिल्ने विश्वास सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment