Comments Add Comment

साम्राज्ञी र अंकितको निधारमा रातो टिका र जमरा

चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सुरु भएको छ । यो चलचित्रको शिर्ष गीतको छायांकन पूर्वी नेपालमा भैरहेको छ । चलचित्रका मुख्य कलाकारहरुको निधारमा रातो टिका र जमरा देखिएको छ । यसले पनि चलचित्रको नाम अनुसार, भिडियोको छायांकन गरिएको वुझ्न सकिन्छ ।

‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीतलाई रिमेक गरेर यो चलचित्रमा समावेश गरिएकोछ । चलचित्रको शिर्ष गीतमा मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव–नायक अंकित शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बसुन्धरा भुषाल, लक्ष्मी गिरी, राजाराम पौडेल, वुद्दि तामाङ, अरुणा कार्की लगायतलाई फिचरिङ गरिएको छ ।

चलचित्र ‘रातो टिका निधारमा’लाई अशोक शर्माले निर्देशन गरिरहेका छन् । पूर्वी नेपालमा नै यो चलचित्रको छायांकन हुनेछ । चलचित्रलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । यो चलचित्रलाई महिला केन्द्रित बनाउने तयारी गरिएको छ । नायिका शाहले चलचित्रको कथावस्तु मन परेकाले नै काम गरेको बताएकी थिइन् । निर्देशक अशोक शर्मा ‘अल्लारे’ चलचित्रको हिट गीतको रिमेकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment