+
+
Shares

राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिको अधिवेसन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते १३:४७

१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिको आठौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अधिवेसनको उद्घाटन गरेका थिए ।

नेपाल राष्ट्र बैंकको अतिथि गृहको परिसरमा सम्पन्न उद्घाटन सत्रमा बोल्दै मन्त्री गुरुङले बैंक तथा वित्तिय संस्थाहरुले किसान, गरीब र विपन्न बर्गलाई सहज र सरल तरिकाले कर्जा उपलब्ध गराउनु पर्नेमा  जोड दिए । बैंक तथा वित्तिय क्षेत्रमा रहेको ट्रेड युनियनकर्मीहरुले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने उनले बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा पेशागत तथा बुद्धिजीवी कास्कीका ईन्चार्ज रामप्रसाद खनाल, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेल, पेशागत महासंघ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष ध्रुवसिंङ खड्का, कृषि विकास बैंक कर्मचारी संघ प्रदेश कमिटीका संयोजक भेषराज घिमिरे, नेपाल बैंक कर्मचारी संघ प्रदेश कमिटीका अध्यक्ष धु्रव पौडेललगायतले मन्तब्य राखेका थिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष कृष्णप्रसाद खरालको अध्यक्षयतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

शुक्रबारकै दिन सम्पन्न अधिवेशनको बन्द सत्रले नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिको आगामी कार्यकालको लागि कृष्णप्रसाद खरालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका अन्यपदाधिकारीमा उपाध्यक्ष विजया गौतम, सचिव जितेन्द्रराज शाक्य, सहसचिव सुरेन्द्रबहादुर बोहोरा, कोषाध्यक्ष विमल के.सी. र सदस्यहरुमा क्रमश टिकाराम आचार्य, अर्जुनराज तिवारी, तारा पोखरेल र शिव रास्कोटी निर्वाचित भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?