Comments Add Comment

सिक्किममा ६ महिनाका लागि गोले मुख्यमन्त्री बन्ने चर्चा

प्रतिपक्षको भूमिका कस्तो हुन्छ, देखाउँछु : पवन चाम्लिङ

Photo Credit : पवन चाम्लिङ र पीएस गोले

१२ जेठ, काठमाडौं । भारतको सिक्किम राज्यमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष पीएस गोले ६ महिनाका लागि मुख्यमन्त्री बन्ने चर्चा सुरु भएको छ । उनको पार्टीले बहुमत पाए पनि चुनाव जित्नेमध्येबाट मुख्यमन्त्री बनाउने नेताके अभाव खड्किएको छ ।

कुल ३२ सदस्यीय सिक्किम विधान सभामा गोलेको पार्टीले १७ सीट जितेर झिनो बहुमत हासिल गरेको छ । तर, अध्यक्ष गोलेले भ्रष्टाचारको मुद्दा लागेका कारण चुनाव लड्न पाएनन् । भारतीय संविधानतः भ्रष्टाचारको मुद्दा लागेका कारण गोले आगामी छ वर्षसम्म चुनाव लड्न पाउँदैनन् ।

तर, चुनाव नलडे पनि ६ महिनाका लागि गैरसांसदले पनि मुख्यमन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । त्यस्तो मुख्यमन्त्रीले ६ महिनाभित्र उप–चुनाव जित्नुपर्ने हुन्छ ।

तर, भ्रष्टाचारको मुद्दा लागेका कारण गोलेले आगामी उपचुनावमा भाग लिन पाउँने अवस्था छैन । यो अवस्थामा उनी मुख्यमन्त्री बनिहाले भने पनि ६ महिनापछि छाड्नैपर्ने हुन्छ ।

गोलेले ६ वर्ष चुनाव लड्न नपाउने भएकाले त्यस्तो व्यक्तिले मुख्यमन्त्री पनि बन्न पाउने कि नपाउने भन्नेमा अन्योल रहेको भारतीय मिडियाले लेखेका छन् । यद्यपि राज्यपालले मुख्यमन्त्रीका लागि स्वीकृति दिएको भारतीय पत्रिकाले दाबी गरेको छ ।

विधानसभाको निर्वाचनमा बहुमत पाएपछि गोले शनिबार पार्टीका १७ जना विधायकहरुलाई लिएर राज्यपाल गंगाप्रसादलाई भेट्न गएका थिए ।

पार्टीको विधायक दलले गोलेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको र सोमबारसम्म सपथ हुन सक्ने सिक्किमका सञ्चार माध्यमले लेखेका छन् ।

सिक्किममा २५ वर्षसम्म शासन गरेका मुख्यमन्त्री पवन चाम्लिङको पार्टीले भने विधानसभामा १५ सिट मात्रै जितेको छ । चाम्लिङले अब प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् । उनले लोकतन्त्रमा खेलाडीहरु परिवर्तन हुन सक्ने तर खेल जारी रहने बताएका छन् ।

आफूले प्रतिपक्षको भूमिका कस्तो हुनुपर्छ भनेर देखाइदिने चाम्लिङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment