Comments Add Comment

‘छ माया छपक्कै’मा भित्रिइन् सुपुष्पा

यतिबेला सिन्धुलीमा चलचित्र ‘छ माया छपक्कै’को छायांकन धमाधम भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका केकी अधिकारीलाई मात्र यसको निर्माणपक्षले मुख्य नायिकाको रुपमा सार्वजनिक गरेको थियो । तर, चलचित्रको छायांकन चलिरहँदा अर्की एक नायिकाको पनि चलचित्रमा इन्ट्री भएको छ ।

चलचित्र ‘रणवीर’मा काम गरेर चर्चा पाएकी नायिका सुपुष्पा भट्ट अब यो चलचित्रमा भित्रिएकी छिन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरिरहेका छन् ।
चलचित्रमा सुपुष्पाको भूमिका लामो भने हुनेछैन । तर, उनको भूमिका चलचित्र हेरिसकेपछि दर्शकले संझने कलाकार तथा लेखक दिपकराज गिरीले जानकारी दिए ।

‘चलचित्रमा उनको भूमिका छोटो छ, तर यादगार छ’, दिपकले भने । गतबर्ष रिलिज भएका सय बढी चलचित्रबाट २० भन्दा बढी नयाँ नायिका भित्रिएका थिए । तर, निकै थोरैले मात्र आफ्नो उपस्थिती बलियो बनाउन सकेका छन् । यसमा नायिका सुपुष्पा पनि पर्छिन् ।

चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई दशैंमा रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment