+

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित

२०७६ जेठ  १३ गते १६:१० २०७६ जेठ १३ गते १६:१०
प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित

१३ जेठ, काठमाडौं । विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो । १२६ रनको सामान्य चुनौती पछ्याएको एपीएफले ३४.४ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो ।

एपीएफका लागि कप्तान पृथु बास्कोटाले अविजित ३२ रन बनाए । त्यस्तै, ओपनर शरद भेषवाकरले २६, सन्दीप जोराले २२ र सुमित महर्जनले १५ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विनोद लामाले तीन र शेर मल्लले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाएको थियो । ओपनिङ मध्यम भए पनि सुदूरपश्चिमले ठूलो स्कोर भने बनाउन सकेन । लोकेश बमले ३० र विपिन रावलले २१ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो रन बनाएनन् । एपीएफका लागि अविनाश बोहराले दुई विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय