+
+
Shares

माण्डु हाइड्रोको सामग्री बोकेको ट्रकमा करेन्ट लाग्दा २ को मृत्यु, २ जना घाइते

राजन दाहाल राजन दाहाल
२०७६ जेठ १३ गते १६:०७

१३ जेठ, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

बाग्मतीकाे पानी प्रयाेग गरी बिधुत उत्पादनकाे तयारीमा रहेकाे सिस्नेेेरीमा रहेकाे माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना७ख ९३२६ नम्बरको लहरी ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भएको थियो ।

सर्ट भएकाे करेन्ट लागेर सिन्धुलीको तीन पाटन-९ बस्ने चालक २८ वर्षको वीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका-७ का ३५ वर्षीय विशाल तामाङको मृत्यु भएकाेे मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

घटनामा तीन पाटन-९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?