Comments Add Comment

प्रदेश १ को बजेट अधिबेशन सुरु

१३ जेठ, विराटनगर । प्रदेश १ को चौथो तथा वर्षे (बजेट) अधिवेशन सुरु भएको छ । सोमबारदेखि सुरु भएको अधिवेशनको पहिलो दिन पूर्वबजेट संसदमा टेवल भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धी प्रस्ताव टेबल गरेका हुन् ।

मन्त्री आङ्म्बोले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि पेश गर्ने विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरुसहितको पूर्वबजेट छलफलको प्रस्ताव टेवल गराएका हुन् ।

मन्त्री आङ्म्बोले प्रदेशसभाको बैठकमा ०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारको प्रमुख प्राथमिकतामा सुशासन, आर्थिक विकास, प्रदेश गौरवको योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि यान्त्रीकरण खरिदमा कृषकहरुलाई विषेश अनुदान दिने, जमीनको खण्डीकरण गर्ने, बाझो राख्ने कुरालाई निरुसाहित गरी सहकारी एव संस्थागत खेती प्रणालीलाई प्रोत्हासन गर्ने, विराटनगर चक्रपथको निर्माणलाई तीव्रता दिनेलगायतका कार्यक्रम समावेश गरिने बताए ।

बजेटले अनुदानको विषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण, सीमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा पारेको छ ।
शिक्षा, स्वास्थ्य, सांस्कृतिक धरोहरको विषय पनि बजेटमा महत्वका साथमा आएका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतालाई नै निरन्तरता दिने गरी आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत हुने बताएका थिए ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठकमा प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आहृवान सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

प्रदेश १ सरकारले ०७६/७७ को लागि आगामी असार १ गतेे बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment