Comments Add Comment

टिचिङमा हिमालयन बैंकले बनाइदियो डाक्टरलाई विश्राम कक्ष

१३ जेठ, काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले त्रि. वि. शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण गरिदिएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरुप उक्त विश्राम कक्ष निर्माण गरिदिएको हो । अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयुक्तरुपमा एक समाहरोहका बीच उक्त विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे ।

सो अवसरमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले त्रि. वि. शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण गर्न पाउँदा खुशी व्यक्त गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई बैंकले उपलब्ध गराउने सेवा उपभोगका लागी आग्रह गरे ।

साथै बैंकले यी जस्तै अत्यावश्यक क्षेत्रहरुमा आगामी दिनहरुमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताए । उनले सोहि अवसरमा त्रि. वि. शिक्षण अस्पताल निर्माण गर्दाका क्षणहरुको बारेमा आफ्नो अनुभव व्यक्त गरे ।

त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले हिमालयन बैंकको सहयोगमा निर्माण भएको विश्राम कक्षले लगातारको कामबाट थकित चिकित्सकहरुका लागी केही समय विश्राम गर्ने ठाउँ बनाइदिएकोमा धन्यवाद व्यक्त गरे ।

सामाजिक उत्तरदायित्वको निर्वाह हिमालयन बैंकको स्थापना कालदेखिकै उद्देश्य हो । बैंकले विशेष गरी शिक्षा, स्वास्थ्य, अनाथालय, बृद्धाश्रम, खेलकुद, संस्कृति तथा सांस्कृतिक सम्पदा सरक्षण लगायत प्राकृतिक प्रकोपपिडितलाई सघाउने कार्यमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment