Comments Add Comment

मौसमको फल आरुवखडाः रसिलो र गुनिलो

अहिले गाउँघरमा लटरम्म आरुवखडाफलेको देखिन्छ । बजार-बजारमा पनि आरुवखडाबेच्न राखिएका छन् । यो मौसमको फल हो । मौसम अनुकुल फलफूल शरीरको लागि निकै लाभदायक हुन्छ । स्वादिलो त हुने नै भयो ।

प्रकृतिले हाम्रो शरीरसँग कति तालमेल मिलाइदिएको हुन्छ भने, जुन समयमा शरीरलाई जुन किसिमको पौष्टिक तत्व आवश्यक हुन्छ, ठीक त्यही समयमा फलफूल, अन्न, सागपात फल्ने, पाक्ने गर्छ । हामी उभिएको भूगोल, यहाँको हावापानी अनुसार नै विभिन्न किसिमका फलफूल उत्पादन हुन्छन् । यी फलफूल स्वास्थ्य-मैत्री मात्र हुने होइन, अपरिहार्य पनि हुन्छ ।

वषर्ायाम सुरु भएसँगै आरुवखडापाक्ने गर्छ । त्यसो त आरुवखडापनि केही प्रजातिका हुन्छन् । जस्तो गीनगेज, अली ट्रान्सपारेन्ट गेज, स्तान्ले, मिथेली, मेरी पोसा, केल्सी, सान्तारोजा आदि । सामान्यत एउटा बोटबाट ३५ देखि ५० केजीसम्म आरुवखडाफल्ने गर्छ । यस हिसाबले आर्थिक आयआर्जनका लागि पनि आरुबखडाको खेती उपयोगी हुन्छ ।

आरुवखडाको स्वास्थ्य लाभ

आरुवखडा मौसमी फल । यसलाई उमार्न, फलाउन, भण्डारण गर्नका लागि किटनासक वा रसायनको प्रयोग गरिदैन । अनुकुल हावापानी र उर्बर माटोमा आरुवखडा राम्ररी फल्छ । त्यसैले यो पूर्णत जैविक फल पनि हो ।

आरुवखडा स्वादको लागि खाने त भइयो नै । साथसाथै यसले स्वास्थ्य लाभ पनि मिल्छ । खासगरी आरुवखडामा एन्टि अक्सिडेन्टको मात्रा पाइन्छ । यसैगरी फाइबर तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन सि, पोटासियम, बेटा कारोटिन, खनिज तत्व पनि पाइन्छ ।

आरुवखडामा फाइबर हुने भएकाले कब्जियतको समस्या हटाउन सहयोग गर्छ । पेट सम्बन्धीको समस्या वा पाचनको समस्या हटाउन आलुवखडा उपयोगी हुन्छ ।

यसमा फाइबरसहित सोर्विटोल तथा इसाटिन भन्ने तत्व पनि हुन्छ, जसले प्राकृतिक रुपमा पाचन प्रणालीलाई चुस्त राख्न सहयोग गर्छ ।

आरुवखडा मधुमेह रोगीका लागि समेत उपयोगी हुने बताइन्छ । यसमा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेह रोगीले खान सक्छन् । अझ यसले मधुमेह नियन्त्रणमा सहयोग गर्छ भनिन्छ ।

रातो निलो देखिने अरुवखडामा एन्थोसायनिन नामको तत्व पाइन्छ । यसले क्यान्सरको कारण मानिने हानिकारक फ्रि र्‍याडिकल्सहरुको सफाई गर्ने बताइन्छ । यसैगरी स्तन क्यान्सरको संभावना पनि यसले कम गर्छ ।  आरुवखडामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले अल्जाइमर जस्ता रोगको संभावना कम गर्छ ।

आरुवखडामा भिटामिन सि पनि पाइन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा कम क्यालोरी हुने भएकाले मोटोपन घटाउन सहयोग गर्छ । छालाको लागि पनि यो फाइदाजनक हुन्छ ।

आरुवखडाको जाम

पाकेपछि आरुवखडा यत्तिकै खान मिल्छ । प्राकृतिक ढंगले बोटमै पाकेको आरुवखडा स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ । यद्यपी स्वादका लागि यसलाई जाम बनाएर पनि सेवन गर्न सकिन्छ ।

पाकेको आरुवखडालाई राम्ररी पकाउनुपर्छ । त्यसमा चिनी, कागती, अदुवा आदि मिश्रण गरेर जाम बनाउन सकिन्छ । यसरी तयार भएको जामलाई केही दिनसम्म राखेर खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment