Comments Add Comment

एनसेल बमकाण्डका आरोपीले छाडे विप्लव समूह

Photo Credit : पार्टी परित्याग गर्नेमध्येका एक शंकर अधिकारी ।

१४ जेठ, काठमाडौं । ललितपुरको नख्खुमा एनसेल प्रा.लि.को मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले विप्लव समूह परित्याग गरेका छन् ।

समूहको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसँगै ९ चैतमा पक्राउ परेका शंकर अधिकारी, सञ्जीव कार्की र देवराज घिमिरेले समूह छाडेको घोषणा गरेका हुन् ।

समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् । उनी समूहको मध्यकमाण्ड सचिव थिए । कार्की र घिमिरे पनि मध्यकमाण्डमै कार्यरत् थिए ।

शुक्रबार जिल्ला अदालत, ललितपुरले उनीहरुलाई तारेखमा छाडेपछि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले लिखित रुपमै पार्टी परित्याग गरेका घोषणा गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘उहाँहरुले राजनीतिक भूमिका त्यागेर सामान्य जीवनयापन गर्न चाहेको उल्लेख गर्नु भएको छ ।’

यसअघि आइतबार अपराह्न काठमाडौंको सुकेधारा र घट्टेकुलामो भएको बम विष्फोटमा परेर विप्लव समूहकै ४ जना कमाण्डरको मृत्यु भएको थियो । घटनामा ६ जना घाइते छन् । नख्खु विष्फोटमा पनि एक जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment