+
+
Shares

डेनमार्कमा सुहाना

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १४ गते ११:४२

निर्देशक झरना थापा र नायिका सुहाना थापा अहिले चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि यूरोप पुगेका छन् । डेनमार्कमा चलचित्रको शो आयोजना गरिएको छ, जहाँ दर्शकको बाक्लो उपस्थिती रहेको निर्देशक थापाले जानकारी दिइन् ।

डेनमार्कमा आयोजित चलचित्रको शोमा नायिका सुहाना थापा पनि उपस्थित थिइन् । डेनमार्कमा रहेका नेपालीमाझ सुहानाको क्रेज राम्रो देखियो । यूरोप, हङकङपछि झरना र सुहाना अमेरिका पुग्नेछिन् । चलचित्रको प्रदर्शन सम्पन्न भएपछि सुहाना अमेरिकामा नै बस्नेछिन् । झरना अहिले नयाँ चलचित्र कुन बनाउने भन्ने दोधारमा छिन् ।

‘ए मेरो हजुर ४’ र ‘भागवत गीता’मध्ये एउटा बनाउने तयारी उनको छ । सुहानाको मन भने ‘भागवत गीता’मा बढी छ । झरनाले चलचित्रको विशेष शो सकेर नेपाल फर्किएपछि चलचित्रको निर्माण घोषणा गर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?