Comments Add Comment

अधिवक्ता लुईंटेललाई धम्की दिएकोप्रति बारको विरोध

१४ जेठ, काठमाडौं । नेपाल बार एशोसिएसनले काभ्रे जिल्ला अदालतमा पक्षको तर्फबाट मुद्दामा प्रतिनिधित्व गरेका अधिवक्ता अनन्तराज लुईँटेलललाई ज्यान मार्ने धम्की आएको घटनामा आपत्ति जनाएको छ ।

लुईंटेललाई मुद्दाको अर्को पक्षले ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै बारले उक्त घटना धृणित, निन्दनीय र भत्र्सनायोग्य भएको बताएको छ । बारका महासचिव लीलालणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आफूले रोजेको कानून ब्यवसायीको सेवा लिन पाउने नागरिकको मौलिक हक र पक्षको तर्फबाट प्रतिनिधित्व गर्न पाउने कानून व्यवसायीको हकमाथि धावा बोल्ने कार्य अत्यन्त घृणित, निन्दनीय र भत्र्सनायोग्य छ ।’

बार एशोसिएसनले उक्त घटनामा दोषीउपर तत्काल कारवाही गरी कानून व्यवसायीले आफ्नो पेशा, रोजगार, व्यवसाय गर्न पाउने हक तथा जीउ, ज्यान संरक्षणका लागि आवश्यक पहल गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment