Comments Add Comment

आर्थिक वृद्धि प्रदेश ५ को बढी, जीडीपीमा प्रदेश ३ अघि

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा सात प्रदेशमध्ये प्रदेश ५ को आर्थिक वृद्धि सबैभन्दा बढी हुने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा प्रदेश ५ ले सबैभन्दा धेरै ७.९ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान छ ।

आर्थिक वृद्धिका हिसाबले गण्डकी प्रदेश दोस्रो स्थानमा छ । उसले यो वर्ष ७.१ प्रतिशत हुने अनुमान छ । त्यस्तै ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रदेश ३ तेस्रो स्थानमा छ । यो वर्ष प्रदेश १ र प्रदेश २ ले समान ६.५ प्रतिशतको आर्थिक वृद्धि हात पार्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशले भने ६.३ प्रतिशत आर्थिक वृद्धि गर्ने तथ्यांक विभागको प्रक्षेपण छ ।

सबैभन्दा कम आर्थिक वृद्धि कर्णाली प्रदेशमा हुनेछ । उसको आर्थिक वृद्धि ५.७ प्रतिशत मात्रै छ ।

आर्थिक वृद्धिमा प्रदेश ५ अघि रहे पनि  कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) का आधारमा भने प्रदेश ३ पहिलो नम्बरमा छ । देशको कुल ग्रार्हस्थ उत्पादनमा प्रदेश ३ को योगदान ४१ प्रतिशत छ । मुख्य रुपमा राजधानीमा हुने आर्थिक कारोबारका कारण प्रदेश ३ ग्रार्हस्थ उत्पादनमा अघि देखिएको हो ।

ग्रार्हस्थ उत्पादनमा योगदानको हिसाबले प्रदेश १ दोस्रो स्थानमा छ । उसले जीडीपीमा १५ प्रतिशत  योगदान गरेको छ । प्रदेश ५ र प्रदेश २ ले समान १३ प्रतिशत योगदान गरेका छन् । ग्रार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको योगदान ८, सुदूरपश्चिम प्रदेशको ६ प्रतिशत भने कर्णालीको ४ प्रतिशत मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment