Comments Add Comment

वीरगञ्जबाट मात्रै भित्रियो झण्डै एक खर्बको इन्धन

१४ जेठ, वीरगञ्ज । वीरगञ्ज नाकाबाट मात्रै ९४ अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट ९४ अर्ब २१ करोड ४८ लाख ७६ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो ।

वीरगञ्ज भन्सार नाकाबाट डिजल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टटीतेल आयात हुँदै आएको छ । पेट्रोलियम पदार्थको आयात बढ्दो क्रममा छ ।

चालु आर्थिक वर्षमा गत आर्थिक वर्ष ०७४/७५ को सोही अवधिमा भन्दा २५ अर्ब ४ करोड १९ लाख ६० हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार गत आव को ०७५ वैशाखसम्ममा ६९ अर्ब १७ करोड २९ लाख १६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालय हुँदै आयात हुने प्रमुख २० मालबस्तुमा स्थान ओगटन सफल पेट्रोलियम पदार्थबाट राजश्व पनि राम्रो उठ्ने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थबाट मात्रै कार्यालयले २६ अर्ब ८३ करोड ३४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

जुन गत वर्षको तुलनामा ४ अर्ब ९३ करोड ९३ लाख ५२ हजारले बढी हो । गत आर्थिक वर्ष ०७४/७५ मा वीरगञ्ज भन्सारले पेट्रोलियम पदार्थबाट २१ अर्ब ८९ करोड ४१ लाख ३६ हजार रुपैयाँ संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज भन्सार नाका हुँदै सबैभन्दा बढी मूल्यको डिजेल र कम मुल्यको मट्टीतेल आयात भएको छ ।

भन्सारको तथ्याङक अनुसार वैशाख महिनासम्म ४८ अर्ब २ करोड ६२ हजार ८६ लाख मुल्य बराबरको ६ लाख ८३ हजार ८ सय ४० किलो लिटर डिजेल, १६ अर्ब ४९ करोड ५२ लाख ७९ हजार रुपैयाँको २ लाख ६२ हजार ५ सय ५९ किलो लिटर पेट्रोल, १० अर्ब ६० करोड ३३ लाख १३ हजार रुपैयाँको १ लाख ५२ हजार ९ सय ९६ किलो लिटर एटीएफ र ७५ करोड ५३ लाख १३ हजार रुपैयाँको १० हजार ७ सय ८० लिटर मट्टतिेल आयात भएको छ ।

त्यसैगरी १८ अर्ब ३३ करोड ४६ लाख ८५ हजार रुपैयाँको २१ करोड ८८ लाख ३५ हजार ९ सय ८३ किलोग्राम एलपी ग्याँस नेपाल भित्रिएको छ ।

आइओसीको बरौनी रिफाइनरी र रक्सौल डिपोबाट वीरगञ्ज हुँदै अमलेखगन्जसम्म इन्धन लैजाने गरिएको छ । अमलेखगन्जबाट हेटौंडा, नारायणघाट, काठमाडौं, जनकपुर र रामेछापको मन्थलीसम्म इन्धन ढुवानी हुने गरेको छ ।

वीरगञ्ज नाका हुँदै बारा, पर्सा, चितवनलगायत जिल्लामा रहेका ग्यास उद्योगका लागि एलपी ग्यास ढुवानी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment