Comments Add Comment

दार्चुलामा यार्सा टिप्नेलाई दुर्घटना बीमा

५ क्वीन्टल यार्सा संकलन हुने अनुमान

१४ जेठ, दार्चुला । यार्सा टिप्न जानेहरुका लागि दार्चुलामा दुर्घटना बीमा गरिने भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलो पटक १० लाखसम्मको दुर्घटना बीमा सुविधाको व्यवस्था गरेको हो ।

यार्सा पाटनमा विभिन्न दुर्घटनाका कारण वर्षेनी यार्सा संकलकहरुको मृत्यु हुने गरेकोले बीमाको व्यवस्था गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए ।

हरेक वर्ष हिउँ पहिरोमा पर्नुका साथै भीरबाट लडेर, नदीमा बगेर र झडपमा यार्सा पाटनमा ज्यान जाने गरेको छ ।

सूचना अधिकारी घिमिरेका अनुसार यार्सा संकलक, सुरक्षाकर्मीहरु, संरक्षण क्षेत्र कार्यालय तथा पोष्टका कर्मचारीहरु, व्यवस्थापन परिषद् पदाधिकारीहरु, १ जना पत्रकार गरी जम्मा २० जनालाई १० लाखको दुर्घटना बीमा गरिने भएको हो ।

५ क्वीन्टल यार्सा संकलन हुने अनुमान

दार्चुला जिल्लाका विभिन्न यार्सा पाटनहरुबाट यो वर्ष झण्डै ५ सय किलोग्राम (५ क्वीन्टल) बराबर यार्सा संकलन हुने अनुनमान गरिएको छ ।

गत आर्थिक वर्षमा ५५० किलोग्राम यार्सा निकासी भएकाले यो वर्ष पनि झण्डै सोही हाराहारीमा यार्सा संकलन हुने अनुमान गरिएको सूचना अधिकारी घिमिरेले बताए ।

बजार राम्रो भए यस पटक नयाँ संकलन गरिएको र गत वर्षको गरी करिब ८५० किलोग्राम यार्सा निकासी हुने अनुमान गरिएको उनको भनाइ छ ।

सुरु भयो यार्सा सिजन

दार्चुलाका यार्सा पाटनहरु खुल्ला गरिएको छ । यार्सा संकलन व्यवस्थापन निर्देशिका बमोजिम जेठ दोस्रो सातादेखि यार्सा पाटनहरु खुल्ला गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

सुरुमा यार्सा संकलनका लागि संकलकहरुको फुर्सद र सयम अनुसार वैशाख महिनादेखि नै यार्सा संकलन गर्ने गरे पनि निर्देशिका जारी भएपछि जेठको दोस्रो सातादेखि मात्रै संकलन अनुमति दिइनछ ।

वैशाख २५ गतेदेखि जिल्लाका झण्डै दर्जन पोष्ट तथा अस्थायी पोष्टबाट यार्सा संकलन परिचय पत्र वितरण भइरहेको कार्यालयका सूचना अधिकारी घिमिरेले बताए ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, मार्मा क्षेत्रको बिटुले रेञ्ज पोष्ट, गुल्जर, खण्डेश्वरी तथा लटीनाथमा अस्थायी पोष्ट राखेर परिचय पत्र वितरण भइरहेको छ ।

त्यस्तै सिप्टी तथा खार पोष्टबाट पनि परिचय पत्र वितरण भइरहेको छ भने चाइमटेलामा अस्थायी पोष्ट राखेर परिचय पत्र वितरण गरिने सूचना अधिकारी घिमिरेले बताए ।

दुहूँ तथा व्याँस क्षेत्रका लागि श्रीबगड पोष्ट, सुन्सेरा, दुम्लिङ र व्याँस पोष्टबाट वितरण कार्य भइरहेको छ । दोपाखे भन्ने स्थानमा पनि अस्थायी पोष्ट राखेर स्थापना गरिने छ भने तुसरपानी क्षेत्रमा पनि अस्थायी पोष्ट राख्ने तयारी भइरहेको सुन्सेरा रेञ्ज पोष्टका सिनियर गेमस्काउट मानसिँह महराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment