Comments Add Comment

प्रदेश –२ मा मधेशी आयोगको अन्तर्क्रिया कार्यक्रम

१४ जेठ, काठमाडौं । मधेशी आयोगले प्रदेश–२ का विभिन्न जिल्लाहरुमा ‘मधेसीको समस्या र समाधान’ विषयमा अन्तर्क्रियात्मक अनुशिक्षण कार्यक्रम गरेको छ ।

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त को अध्यक्षतामा प्रदेश – २ को धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा तथा सप्तरीमा आयोगले नागरिक समाज, जनप्रतिनिधि, प्रशासनिक निकाय तथा पत्रकारहरुसँग अन्तर्क्रिया गरेको हो ।

सरकारले अध्यक्ष नियुक्त गरेको दुई महिनापछि आयोगले आफ्नो काम अघि बढाएको हो । आयोगका अध्यक्षको अब प्रदेश–१ को विराटनगर गएर अन्तर्क्रियात्मक कार्यक्रम गर्ने तालिका रहेको उनका निजी सचिवालय सदस्य शिवाङ दत्तले जानकारी गराए ।

मधेसी आयोगले मधेसी समुदायका व्यक्तिमाथि कुनै प्रकारको हिंसा, दुर्व्यवहार वा आपराधिक घटना घटेको छ वा घटिरहेको छ भने आयोगमा उजुरी दिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment