Comments Add Comment

प्रदेश २ मा सांसदको आचरण अनुगमन गर्न समिति गठन

१४ जेठ, जनकपुरधाम । प्रदेश २ मा प्रदेश सांसदहरुको आचरण र व्यबहार अनुगमन गरिने भएको छ । यसका निम्ति आचरण अनुगमन समिति बनाइएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यहरुको आचरण र व्यबहार अनुगमन गर्नका लागि सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको छ ।

बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । समितिको उप सभापतिमा उपसभामुख उपमा देव रहेका छन् । प्रदेशसभा सदस्यहरु रामाशिष यादव, सुरिता साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाह, सावित्रीदेवी साह सदस्य रहेका छन् ।

प्रदेशसभा सचिवलाई समितिको सदस्य सचिवमा राखिएको छ । यो समितिले सांसदहरुको आचरण र व्यबहार अनुगमन गर्दै गल्ती गर्नेलाई कारबाहीसमेत गर्न सक्नेछ । यसअघि प्रदेशसभाको गत शुक्रबारको बैठकमा सभामुख यादवले मोवाइलको स्वीच अफ राख्न सांसदहरुलाई रुलिङ गरेका थिए । सभामुख यादवले प्रदेशसभाको बैठकमा मोवाइलको स्वीच अफ गर्न भन्दै अफ गर्न नसकिए साइलेन्टमा राख्न भनेका थिए ।

प्रदेशसभाको बैठक चलिरहेकै समयमा चर्काे आवाजामा मोवाइलमा फोन आउने, बैठकमै मोवाइल चलाउने, फोनमा कुरा गर्ने र कुरा गर्दागर्दै बाहिर निस्किने क्रम बढेपछि सभामुख यादवले यस्तो रुलिङ् गरेका थिए ।

तीन वटा विधेयक दफावार छलफलमा

मंगलबारको प्रदेशसभा बैठकले पेश भएको तीन वटा विधेयकलाई दफावार छलफलका लागि पठाइएको छ । प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा बनेको विधेयक, प्रदेश एफएम रेडियो तथा टेलिभिजन संचालन सम्बन्धमा बनेको विधेयक र संस्था दर्ताका लागि बनेको विधेयक दफावार छलफलका संसदीय विशेष समितिमा पठाइएको छ ।

प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा बनेको विधेयक भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल र प्रदेश एफएम रेडियो तथा टेलिभिजन संचालन सम्बन्धमा बनेको विधेयक तथा संस्था दर्ताका लागि बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रीले प्रदेश सभामा पेश भएको थियो । यी तीन वटै विधेयकमा सैद्वान्तिक छलफल भइसकेको छ ।

संसदीय विशेष समितिमा सांसद सुन्दरबहादुर विक, उपेन्द्र कुशवाह, परमेशशवर साह र शैलेन्द्र प्रसाद यादवलाई राखिएको छ । समितिका सदस्यमध्ये एक जना सभापति बन्ने र १५ दिनभित्र छलफल गरेर बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment