Comments Add Comment

कटुवा पेस्तोलसहित एक जना पक्राउ

१४ जेठ, जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिकाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार उक्त नगरपालिका ४ स्थित ठूलो लत्मरी मन्दिर नजिकबाट परोहा नगरपालिका ९ बसनपट्टीका ४५ बर्षीय छोटेलाल साहलाई कटुवा पेस्तोलसहित मंगलबार पक्राउ गरिएको छ ।

चेकजाँचका क्रममा पक्राउ परेका साहको साथबाट एक थान कटुवा पेस्तोलसहित एक थान ल्यापटप, एक थान नोकिया मोवाईल, एक थान पेन ड्राइब, एनसेलको सिमकार्ड १ थान, नेपाली रुपैयाँ ५ हजार २ सय ५०, भारतीय रुपैयाँ ४ हजार १ सय र चक्कु १ थान बरामद भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

सीमा प्रहरी चौकी बन्जरा रौतहटबाट प्रहरी नायव निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment