Comments Add Comment

साउदीमा नेपाली राहदानीको पीडा

सरकार ! म नेपाल फर्कें , के पाउँछु ?

‘साउदी अरब जंगलमा भेडा चराउँछु’ सानोमै यो गीत सुनेको थिएँ । गीतकारले साउदी अरवको जंगलमा भेडा चराएर आफ्नो पीडा लेखेका हुन् या त नेपालमा बसेरै कल्पना गरेर लेखे थाहा छैन । मलाई पनि ब्यवहारले हान्यो । म पनि भेडा चराउने साउदी पुगें ।

३ वर्षअघि साउदीमा पाइला टेकें । तर, जंगल देखिन । भेडा त देखें । तर, बालुवामाथि घर बनाएर बाँधिएको हुन्थ्यो । त्यही वरवरका झारहरु टिपिरहेका हुन्थे । आँखा देख्नेसम्मै बालुवा मात्रै देख्थे । आफ्नो देशमा धुँलो-माटो हावामा उडेको देखेका आँखाले साउदीमा त बालुवा उडेको देखें ।

म मंसिरको जाडोमा साउदी उडेंको हुँ । न्यानो कपडाहरु झोलाभरी थिएँ । नेपालबाट लगेका न्यानो कपडाहरुले जाडो धान्न सकेन्न । लुगाहरु पनि दंग परेर मलाई सोध्न थाले, ‘यहाँ त साह्रो गर्मी हुन्छ भन्थे त ? तर कसरी यस्तो जाडो छ ?’ मैले पनि कपडाहरुलाई सम्झाउन सकिनँ । किन कि म पनि अनविज्ञ थिएँ, साउदीको मौसमसँग ।

म दम्माम भन्ने ठाउँमा थिएँ । दम्माम साउदीको पूर्वी क्षेत्रको समुद्रको किनारामा पर्छ । खोबरको राका भन्ने ठाउँमा रहेको आरामेक्स (Aramex) नामको कुरियर कम्पिनीको ठूलो प्राङ्गढको बाहिर १० मिनेट उभिँदा मलाई लाग्यो म नेपालकै हिमालय क्षेत्रको वरिपरी छु । हिमालका दृष्यहरु अवलोकन गर्ने अवसर मिलेर पनि होइन । कतै भित्ताहरुमा हिमालयका फोटाहरु देखेर पनि हैन् । त्यो समुद्रको किनाराबाट आउने चिसो हावाले मैले लगाएको न्यानो कपडालाई पनि लगातार चुनौती दिइरहेको थियो । हिमालको काखमा बसेर हिमालबाट आउने हावालाई शरीरभित्र पस्न नदिएका मेरा न्याना लुगाहरुलाई लगातारको चुनौतीले हिमालयको क्षेत्रवरपरको आभास दिलाइरहेको थियो । अकल्पनीय चिसोको करिब १० मिनेटपछि मैले ठूलो काम गर्ने हलमा प्रवेश पाएँ ।

करिब १० दिन जतिको खोबर बसाइपछि अलहास्सा भन्ने ठाउँमा पुगें । मलाई हाजिरआरो (Hajirarrow) कम्पनीले अनुमति दिएर साउदी गएको थिएँ । आरामेक्स कम्पनीको काम गर्नु पर्दा अचम्मित भएको थिएँ । तर, पछि थाहा भयो कि हाजिरआरो कम्पनीले आरामेक्स कम्पनीको आधिकारिक शाखा लिएको रहेछ ।

साउदीमा नेपाली राहदानीको पीडा

साउदीमा तितो अनुभव छ । कारण म नेपाली । नेपाली राहदानी । मेरो जत्तिकै क्षमता र अनुभव भएका अरु देशका नागरिकहरुले मेरो भन्दा राम्रो तलब पाउँथे । तर, हामी नेपाली भएकै कारण बढी काम गर्नु पर्ने । तलव कम पाउने ।

तर्क थापा ।

मैले कम्पनीको शाखा उद्घाटन भएको केही दिनसम्म सरसफाइको काम गरें । त्यहाँका मान्छेहरुको सोचाइ नै नेपालीहरुले केही गर्न सक्दैनन् भन्ने थियो । नेपालीहरुसँग सीप नै हुँदैन भन्ने सोच्दा रैछन् ।

म कम्प्युटर चलाउन जान्ने थिएँ । तर, मैले कल्पना गरेको थिए कि मभन्दा जान्ने अरु देशका धेरै होलान । उनीहरुले राम्रो कम्प्यूटर शिक्षा लिएर आएका होलान । म त निजी क्षेत्रबाट डिप्लोमा मात्र गरेको । त्यसैले अफिसमा अलिअलि आउँछ मात्र भनेको थिएँ । त्यही भएर होला मैले सरसफाइ गर्ने काम पाएँ । केही दिन त्यही काम गरें ।

एक दिन । एउटा संजोग पर्‍यो । साथीले गरिरहेका थिएँ । त्यसैबेला मालिकहरुले निरीक्षण गरिरहेका थिएँ । भारतीय साथीले सोचेजस्तो काम गर्न सकेन । मलाई भने मैले भए कति सजिलै गर्न सक्थे जस्तो लागिरहेको थियो । तर, म गर्छु भन्न सकिन । अरविक भाषा नजानेकोले अभिव्यक्ति गर्न समस्या पर्‍यो । एकजना नेपाली दाइलाई भनें । पहिलेदेखि नै साउदीमै बसेकोले उहाँलाई अरविक भाषाको ज्ञान थियो । उहाँले मेरो इच्छा उनीहरु समक्ष राखिदिनु भयो । उनीहरु अचम्मित भए । ‘नेपालीहरुले पनि यस्तो काम गर्न सक्छन् त ?’ प्रश्न गरे ।

मैले काम गर्न सुरु गरें । उनीहरु अझै दंग परे । शायद उनीहरुले कल्पना गरेकै थिएनन् । उनीहरुले दिएको सबै कामहरु गरें । मलाई त काम देखाउनु थियो । नेपालीले गर्न सक्छन् भन्ने देखाउनु थियो । युद्ध लड्ने बहादुर मात्र होइनन्, प्रविधिमा पनि संसारलाई चुनौती दिन सक्छन् भन्ने देखाउनु पर्छ भन्ने थियो ।

शायद मेरो पशुपतिनाथले उहाँको अल्लाहलाई भनेका थिए, ‘मेरो मान्छेले काम इमान्दारिताका साथ गर्छ अवसर तिमिले दिलाउनु ।’ त्युसपछि मैले एकपछि अर्को थप जिम्मेवारी पाएँ । सबै जिम्मेवारी सहजै पूरा गरें । आफूसँग सीप भयो भने अवसर पाइदो रैछ । थाहा पाएँ ।

यहाँ नातावाद र कृपावादले मलाई छुदैन । मेरा बाबा, काका, मामा वा अरु कोही नातागोता कुनै दलको ठूलो नेता छैनन् । र, अब मलाई कसले गर्छ सहयोग ? कसले सही मूल्यांकन गरिदिन्छ मेरो सीप र क्षमताको ?

अर्काे सिकाइ : क्षमता भए अवसर पाइन्छ

नेपालमा सीप, क्षमता भएपनि धेरैले अवसर पाउँदैनन् । तर, विदेशमा त्यस्तो नहुँदो रैछ । सीप भएकाले नेपालको जस्तो तेरो र मेरो पार्टीको मान्छे भन्ने नहुँदो रैछ । सीप र क्षमताको सही मूल्यांकन हुँदोरैछ ।

शायद नेपालमा भएको भए मैले आफूलाई जहिले पनि कमजोर ठानिरहन्थे । किन कि मेरो पार्टी थिएन्, कोही ठूलो कोही मान्छे थिएन । मैले नेपालमा पनि काम गरेकै हो । मैले काम गर्ने संस्थाले चाहेको पार्टीको नजिक नभएकाले र कुनै नेताज्युको नजिक नभएकाले मलाई अनेकौं तरिकाबाट संस्थाबाट बाहिर्‍याउने प्रयास गरियो । म बाहिरिए । यो तितो अनुभव नेपालकै हो । शायद ती ठूला मान्छेको भनाइमा लागेर म पनि तपाईकै पार्टीको मान्छे हुँ भन्ने आभाष उहाँहरुलाई दिलाउन सकेको भए त विदेशिनु पनि पर्ने थिएन ।

तर, मैले विदेशमा यस्तो पीडा मैले भोग्न परेन । सीप अनुसारको काम पाए । सीप र क्षमता प्रयोग गरेकै कारण मैलाई महत्वपूर्ण जिम्मेवारीसुम्पिइयो । मैले दुईवटा शाखा कार्यालयको म्यानेजर भएर काम गरें ।

करिब तीन वर्षको बसाइमा मलाई कुनै दिन पनि मेरो धर्म, संस्कृति र संस्कारका बारेमा सोधिएन । त्यो अनुसारको व्यवहार पनि गरिएन ।

नेपालमा राजनीतिक अस्थिरता र पूर्वाग्रहीपूर्ण व्यवहारका कारण म जस्ता लाखौं युवाहरु विदेशिनु परेको छ । राजनीतिक पूर्वाग्रही व्यवहारले एकपटक विदेशमा गएका नेपाली दाजुभाइलाई नेपालमा र्फकेर केही गरौं भन्ने प्रेरणा र हौसला पनि मिल्दैन ।

विदेशबाट फर्कें, सरकारले के दिन्छ ?

म साउदीबाट नेपाल फर्किसकेको छु । अहिले सरकारले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगारको लागि पैसा दिन्छ भन्ने कुरा सुनेको छु । समाचारमा पढेको पनि हो । तर मैले केही पाएको छैन । सरकारमा भएका पार्टीको सदस्यता नलिएर हो कि ? म अझै अयोग्य नै छु ।

मलाई विदेश बस्दासम्म सबैले तिमि सक्षम छौं, केही गर्न सक्छौं भन्थे । हौसला मिल्थ्यो । नेपालमै केही गर्छु भन्ने लाग्थ्यो । अहिले नै नेपाल फर्किन्छु भन्ने सोच्थें । तर, नेपाल र्फकेपछि न कुनै सहयोग छ न कुनै हौसला पाएको छु । उही राजनीतिक खिचातानी छ । म पनि त्यसको सिकार भएको छु ।

यहाँ नातावाद र कृपावादले मलाई छुदैन । मेरा बाबा, काका, मामा वा अरु कोही नातागोता कुनै दलको ठूलो नेता छैनन् । र, अब मलाई कसले गर्छ सहयोग ? कसले सही मूल्यांकन गरिदिन्छ मेरो सीप र क्षमताको ?

सुरुका २/४ दिन मलाई कम्युटर आउँदैन भनेको थिएँ । नयाँ काम गर्न आएको हो भनें । सरसफाइको काम गर्दा मसँग काम गर्ने अरु देशका साथीहरुले व्यवहार सहिनसक्नु थियो । तर, नसहनु कसरी ? अर्काको ठाउँमा

यहाँ त जसले हिजो रक्सीमा विकेर मत दिए जो भोलिका दिनमा रक्सीमा विकेर मत दिनेवाला छन्, उनीहरु मात्र सक्षम छन् । उनीहरु मात्र सरकारले ठानेका योग्य नागरिक हुन् । म लगायत देशमै केही गर्नु पर्छ भन्ने अरु स्वतन्त्र सक्षम युवालाई कसले पत्याउँछ ?

हामी कांग्रेस, कम्युनिस्टभन्दा पहिला नेपाली हुनुपर्छ भन्ने हामी जस्ता लाखौं युवाहरु अयोग्य छौं । फेरि साउदी अरब जंगलमै भेडा चराउने कामको खोजीमा छौं । नेपालको राजनीति पूर्वाग्रह नसकिएसम्म त्यो खाडीको चर्को घामको सिकार म मात्र हैन म जस्ता धेरै युवाहरु हुन बाध्य हुनेछौं ।

अप्ठेरो सबै नेपालीलाई

फेब्रुअरी सुरु भयो । बल्ल म गर्मीसँग परिचित हुन थाले । अफिसदेखि कोठासम्म ओहोर-दोहोर गर्ने क्रममा गर्मीले शरीरलाई दैनिक जिस्क्याइरहेको हुन्थ्यो । लाग्थो, यो गर्मीमा दाजुभाइहरुले कसरी काम गरिरहनु भएको छ ? तर बाध्यता थियो । काम नगरी के गर्नु ?

नेपालीहरु युवाहरुले घरपरिवारलाई खुसी राख्नका लागि विदेशमा कतिसम्मको दुःख गर्नु पर्दो रहेछ ? साउदी अरव र खाडी मुलुकमा नेपालीहरुले दैनिक कसरी बालुवालाई पसिनाले सिँचाइ गरिरहेका छन् ? शायद एकपटक विदेश गएकाहरुले मात्रै यो थाहा पाउछन् ।

साँची भन्ने हो भने नेपालीहरुले खाडीको बालुवामा फूलका सुन्दर बगैचा बनाएका छन् । बालुवामाथि ठूला-ठूला महल बनाएका छन् । ती घर बनाउन कति दुःख छ । कति मेहेनत छ ? अझ नेपाली भएर उनीहरुले बढी काम गर्नु पर्ने बाध्यता छ । अरु देशका कामदारलाई त्यही दुःख गर्नु पर्दैन ।

सुरुका २/४ दिन मलाई कम्युटर आउँदैन भनेको थिएँ । नयाँ काम गर्न आएको हो भनें । सरसफाइको काम गर्दा मसँग काम गर्ने अरु देशका साथीहरुले व्यवहार सहिनसक्नु थियो । तर, नसहनु कसरी ? अर्काको ठाउँमा ।

साउदीमा कोठा बाहिर काम गर्ने नेपालीहरुलाई कति दुःख हुन्छ वर्णन गरिसाध्य छैन । सँगै काम गर्ने अरु देशका कामदारले हेप्छन्, दुःख दिन्छन् । उनीहरुले कामदारले आफूहरुलाई ठूलो सम्झिन्छन् । ओहोदा जे भए पनि उनीहरुले आफूलाई म्यानेजर र नेपाली दाजुभाइहरुलाई कामदारको सूचीमा राखेर व्यवहार गर्छन् ।
सबैभन्दा अप्ठेरो काम त नेपालीले गर्नु पर्छ । तर, सजिलो र कम काम गर्ने अन्य देशका कामदारले बढी पाउँछन् ।

र, अन्त्यमा …

युवाहरुलाई सानो अनुरोध गर्न चाहन्छु । आज तपाई-हामीले मत दिएको पार्टी सरकारमा होला । तर, सधैं नहुन सक्छ । एकपटक सच्चा नेपाली भएर पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको स्वार्थका लागि हेरौं । यदि यसो गरियो भने हामी विदेश जाने होइन विदेशी कामदार झिकाएर उनीहरुलाई रोजगार दिन सक्निछ ।

पार्टी बनाउनु भन्दा पहिला नेपाल बनाऔं । खाडीमा बालुवामाथि महल बनाएका नेपालीहरुको अनुभवलाई देश बनाउन खर्च गरौं । आफ्नी आमा भनेको आफ्नै आमा हुन् । स्वर्ग जस्तो नेपाललाई अझै सुन्दर बनाऔं ।

एक-दुई जनाले सोचेर के हुने हो र भन्ने लाग्न सक्छ तर कल्पना गर्नुस् संसारमा जति पनि काम भएका छन सबै एकजनाको परिकल्पना र सोचाइबाट भएका छन् । यो संसारमा गुरुत्वाकर्षण बल छ भनेर पत्ता लगाउने वैज्ञानिक पनि एक मात्र थिए । पृथ्वी गोलो छ भनेर पत्ता लगाउने वैज्ञानिक पनि एक मात्र थिए । सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भनेर पत्ता लगाउने वैज्ञानिक पनि एक मात्र थिए ।

एकजनाको परिवर्तित सोचले पुरै पुस्ताले ‘साउदी अरब जंगलमा भेडा चराउँछु’ भन्ने गीतका शब्दलाई शब्दमा मात्र सिमित राखोस् । भेडा चराउने हेतुले विदेश जान नपरोस् । बरु भेडालाई कसरी हरेक हावापानीबाट बचाउन सकिन्छ भनी सोधखोज गर्ने उद्धेेश्यले तपाई हाम्रा सन्तानहरु विदेश जानु परोस् ।

तर, साउदी अरव जंगलमा भेडा चराउँछु भनेर कदापी जान नपरोस् । यति मात्र हैन विश्वका कुनै पनि देशमा काम गर्न जान हाम्रा कुनै पनि सन्तानले नपरोस । बरु ‘मलाई अमेरिका यही, मलाई अष्ट्रेलिया यही’ भन्ने गीत जस्तै होस् । सकारात्म सोच भएका सम्पूर्ण दाजुभाइहरुको जय होस् । देश बनाउने भक्तिभावाले ओतप्रोत हुनुहोस् ।

(साउदीबाट फर्केपछि)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment