Comments Add Comment

वीरगञ्जमा पनि मनाइयो गणतन्त्र दिवस

१५ जेठ, वीरगञ्ज । गणतन्त्र दिवस, वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस ०७६ जिल्ला समारोह समिति पर्साको आव्हानमा बिहान वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको हो ।

गणतन्त्रको संस्थागत विकास गरौं, गणतन्त्रलाई समृद्धिको आधारको रुपमा उपयोग गरौं भन्ने नाराका साथ गणतन्त्र दिवस मनाइएको हो । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, वुद्धिजीवि, उद्योगी, व्यापारी सामाजसेवि, युवा विद्यार्थीले गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरीमा सहभागी भएका थिए ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगरपरिक्रमा गरी विपी उद्यानमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले गणतन्त्र आएको आभास आम जनमानसले गर्न नसकेकोले त्यस्तो वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गणतन्त्रले जनतालाई प्रजाबाट नागरिकमा रुपान्तरण गरिदिएकोले यसको सबैले मिलेर रक्षा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भोजपुरी गायक सुनिल पण्डितले ‘गणतन्त्र जिन्दावाद’ बोलको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाली कांग्रेसको जनजागरण अभियान अन्र्तगत गणतन्त्र दिवसको अवसरमा कांग्रेसले छुट्टै प्रभातफेरीको आयोजना गरेको छ । वीरगञ्ज मुर्लीस्थित पार्टी कार्यालयबाट निकालिएको ¥याली माइस्थानमा पुगेर सम्पन्न भएको नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए ।

कोण सभामा मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले गणतन्त्र ल्याउन काँग्रेसको योगदान बढी रहेकोले जोगाउन पनि काँग्रेस नै अघि बढ्नुपर्ने बताए ।

गणतन्त्र दिवसको उपलक्ष्यमा आर्चाय एकेडेमी स्कूलले मार्टिका आई फाउंडेशनसँगको सहकार्यमा निशुल्क आँखा जाँच शिविर गरेको छ । मार्टिका आई फाउडेशनका चिकित्सक डा. मनोरञ्जन प्रसादको टोलीले ३ सय ६० जना विद्यार्थीको आँखा जाँच गरिएको स्कूलका सञ्चालक दिगम्बर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment