Comments Add Comment

पहिलो राष्ट्रिय महिला अधिकार दिवस आज

Photo Credit : चन्द्र आले/अनलाइनखबर

१६ जेठ, काठमाडौं । सरकारले ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ बिहीबार पहिलो ‘राष्ट्रिय महिला अधिकार दिवस’ मनाउँदै छ ।

पहिलो दिवसको अवसरमा बिहीबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुँदैछन् ।

महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसैले यसै वर्षबाट दिवस मनाउन सुरु गरिएको हो ।

आमा वा बुवामध्ये नामबाट पनि नागरिकता, कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिलाप्रति हुने गरेको हिंसा अन्त्य गर्ने कुरालाई मुख्य चार उपलब्धीको रुपमा लिइएको छ ।

महिलामन्त्री थममाया थापाले महिला अधिकारका ती चार विषयका प्रस्ताव २०६३ साल जेठ १६ गते पारित गरेको र ती उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत व्यवस्था गरी दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी दिइन् ।

यद्यपि अझै पनि समाजमा बोक्सीको आरोपमा महिलालाई कुटपीट, बलात्कार, दुर्व्यवहार, घरेलु हिंसा कायमै छन् । यस्ता हिंसाविरुद्धको अभियानमा दिवसले सहयोग पुग्ने सरकारको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment