१६ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुलाई रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय पछाडिको खाली जग्गामा सार्न रकम निकासा गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब २० करोड रुपैयाँ अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको जग्गा मध्ये १५ रोपनी रजिष्ट्रेसन पास गर्न लाग्ने रकम निकासा दिने निर्णय भएको बताए ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहीबार आयोजित्र पत्रकार सम्मेलनमा उनले भने, ‘कित्ता नं. २३९७ को क्षेत्रफल ६२–१–३–१ रोपनीबाट प्रहरी परिसर काठमाण्डौंलाई उपलब्ध गराउने भनी निर्णय भएको ३२ रोपनी जग्गा मध्ये प्रहरीको नाममा १५ रोपनी जग्गा प्रति आना ५० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय गरिएको हो ।’
०७२ सालको भूकम्प अघिसम्म हनुमान ढोकास्थित भवनमा रहेको दुवै कार्यालय क्षतिग्रस्त भएसँगै टेकुस्थित नेश्नल साल्ट ट्रेडिङको जग्गामा सारिएका थिए । हाल प्रहरीको दुई निकाय बसिरहेको भवन तथा वरिपरिको जग्गा मध्ये ९ रोपनी जग्गा अपराध महाशाखाको नाममा रजिष्ट्रेशन पास गर्ने पनि निर्णय भएको जनाइएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4