+
+
Shares

‘मिनी नेपाल’ बन्यो कोपनहेगन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १३:०६

कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट भट्ट देख्दा लाग्थ्यो नेपाल नै हो । परिवेश र वातावरण दुरूस्त नेपाल जस्तै थियो । नेपाल चिनाउने स्टलहरू । सहभागीहरू पनि ढाकाटोपी र नेपाली पोशाकमा सजिएका । बुधबार आयोजित कार्यक्रममा नेपाली कला र संस्कृतिको झझल्कोले कोपनहेगनलाई ‘मिनी नेपाल’ झैँ बनाएको हो।

नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर ब्यस्त खुल्ला ठाउँमै पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो । नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित नेपाली संघसंस्थाहरुले सहकार्यमा नेपाल चिनाउने कार्यक्रम सम्पन्न भएको हो।

नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिधित्व हुने गरी पञ्चेबाजा तथा लाखेनाँच, झागड, शेर्पा,तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु प्रस्तुत भए । पञ्चेबाजा घन्कदा विदेशी पर्यटक तथा स्थानीय डेनिस नागरिकहरुले कम्मर मर्काए । डेनमार्कघुम्न आएका विदेशीहरुले समेत नेपाली कला र संस्कृतिबारे चासो ब्यक्त गरे ।

कार्यक्रममा डेनमार्कस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपाली जनसमुदायको बाक्लो उपस्थिति रह्यो।

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले गणततन्त्रदिवस तथा सगरमाथा दिवसको चर्चा गरे। उनले आर्थिक विकासका लागि नेपालले दिएको प्राथमिकता, नेपालमा लगानीको वातावरण तथा पर्यटनको प्रवद्धनबारे प्रकाश पारेका थिए।

कार्यक्रममा सहभागीहरु नेपाली भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिएका थिए । विदेशीहरु नेपाली संगीतको तालमा ताल मिलाउँदै निकै चासोपूर्वक कार्यक्रम हेरे। साँस्कृतिक कार्यक्रमहरुको समन्वय इनास डेनमार्कले गरेको थियो।

नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी सामाग्रीहरु निःशुल्क वितरण भए। विदेशीहरुले निकै चाखपुर्वक जिज्ञासा राखेका थिए। पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरु सहित स्टलसमेत सजाइएको थियो।

कार्यक्रमले डायस्फोराको नेपाली समुदायलाई नेपाल चिनाउने यस्तै गतिविधि गर्न प्रेरित पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?