Comments Add Comment

प्रधानमन्त्री कार्यालयको बजेट डेढ खर्ब किन घट्यो ?

१६ जेठ, काठमाडौं । आर्थिक वर्ष ०७६/०७७ को बजेटमा प्रधानमन्त्री कार्यालयको बजेट कटौती भएको छ । चालु आर्थिक वर्ष सबैभन्दा धेरै बजेट पाएको प्रधानमन्त्री कार्यालयले यो बजेटमा गत वर्ष भन्दा एक खर्ब ५१ अर्ब कम बजेट पाएको हो ।

आर्थिक वर्ष ०७६/०७७ को बजेटमा प्रधानमन्त्री कार्यालयका लागि ४ अर्व ६५ करोड ६८ लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको ०.३०४ प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री कार्यालययका लागि कुल बजेटको ११.८८ प्रतिशत अर्थात १ खर्ब ५६ अर्व २८ करोड ५६ लाख बजेट विनियोजन भएको थियो । उक्त विनियोजन चालु आर्थिक वर्षको मन्त्रालयगत व्यय अनुमानमा सबैभन्दा धेरै थियो ।

तर, प्रधानमन्त्री कार्यालयको खर्च घटेर बजेट कटौति गरिएको भने होइन । चालु आर्थिक वर्षको बजेटमा भूकम्पपछिको पुनर्निर्माणका लागि एक खर्ब ५१ अर्व ८ करोड १३ लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत विनियोजन भएकाले गत बर्ष प्रधानमन्त्री कार्यालयको बजेट अत्यधिक देखिएको हो ।

आर्थिक वर्ष ०७६/०७७ को बजेटमा राष्ट्रिय पुर्ननिमार्णको बजेटलाई छुट्टै विनियोजन गरिएको छ । नयाँ बजेटमा भौतिक क्षेत्रगत कार्यक्रम अनुसार पूननिर्माणका लागि १ खर्ब ४१ अर्व विनियोजन भएको छ । पूननिर्माणको बजेट गत बर्षको भन्दा १० अर्व ८ करोड १३ लाखले कम हो ।

त्यसो त प्रधानमन्त्री कार्यालयको प्रशासनिक खर्चको लागि बजेट पनि चालु आर्थिक वर्षमा भन्दा पनि कटौती भएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ५ अर्व २० करोड ४९ लाख बजेट प्रधानमन्त्री कार्यालयले पाएको थियो । तर आर्थिक वर्ष ०७६/७७ मा ४ अर्व ६५ करोड ६८ लाख बजेट उक्त शिर्षकमा विनियोजन गरिएको छ, जुन ५४ करोड ८१ लाखले कम हो ।

प्रधानमन्त्री कार्यालय मातात तानिएका तीन विभाग राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान तथा सम्पत्ति सुद्धिकरणको व्यवस्थापनका लागि गत वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेट बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment