+
+

परराष्ट्रमा खुल्यो ‘ब्रेन गेन सेन्टर’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १६:३१

१७ जेठ, काठमाडौं । विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले एक नयाँ एकाइ स्थापना गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘ब्रेन गेन सेन्टर’को उद्घाटन गरे ।

मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा गैरआवासीय नेपाली मामिला महाशाखा अन्तर्गतको केन्द्रले विदेशस्थित नेपाली विज्ञहरूबारे सूचना सङ्कलन गरी उनीहरूसँग सहकार्यको बाटो खोज्नेछ ।

यो केन्द्र ‘देशभित्र तथा बाहिर रहेका नेपाली विज्ञहरूबीच उच्च स्तरको समन्वय कायम गर्ने मन्त्रालयको योजनाको पहिलो खुट्किलो’ रहेको मन्त्रालयको भनाइ छ ।

करिब तीन साता अगाडि मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपाली विशेषज्ञलाई केन्द्रको सूचना प्रणालीमा दर्ता हुन आह्वान गरेका थिए । यस अनुसार ४५० भन्दा बढी नेपाली केन्द्रसँग आबद्ध भइसकेका छन् । केन्द्रको सञ्चालनमा गैरआवासीय नेपाली सङ्घलगायतका संस्थासँग समन्वय गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?