+
+
Shares

गाडी भाडाको विषयमा चालकबाटै कुटिए यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १७:५७

१७ जेठ, कैलाली । धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई सवारी चालकले बीच बाटोमै कुटपीट गरेका छन् ।

शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले धनगढीदेखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैयाँ भाडादर रहे पनि चालकले २ सय रुपैया मागेको तर महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको बताए । महिलाले दिएको उजुरीको आधारमा प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?