Comments Add Comment

यामाहालाई नेपालको ‘नम्बर एक’ बाइक बनाउने सिताराको चाहना

यामाहा मोटर इन्डिया ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मोटोफुमि सितारा यति बेला नेपालमा छन् । नेपाली बजारमा यामाहाका बाइकको उपस्थिति अध्ययन गरी व्यवसायमा सुधार ल्याउने उपाय पहिल्याउने उद्देश्यले उनी नेपाल आएका हुन् । सिताराको नेपाल बसाइकै क्रममा अनलाइखबरले उनीसँग यामाहाको एसियाली बजार र नेपालमा बजार विस्तारको सम्भाव्यताबारे कुराकानी गरेको छः

विश्व बजारमा यामाहाको अवस्था कस्तो छ ?

विश्व बजारमा हामी राम्रो व्यापार गर्दै छौँ । विश्व मोटरसाइकल बजारको करिब ३० प्रतिशत हिस्सा हामी ओगट्छौँ । हाम्रा स्पोर्ट बाइकहरू संसारभरि नै लोकपि्रय छन् र यसकै कारण हामीले राम्रो उपस्थिति बनाएका छौँ ।

यद्यपि यो उपमहाद्वीपमा भने हाम्रो बजार खासै बलियो छैन । त्यसैले अब हामी नेपाल, भारत, श्रीलङ्का र बङ्गलादेशमा आफ्नो बजार सुधार गर्न चाहान्छौँ । हामीले यी देशमा पर्याप्त अवसर देखेका छौँ र यहाँ उपस्थित अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्नका लागि विभिन्न नयाँ बाइक तथा स्कुटर ल्याउने योजनामा छौँ ।

नेपालमा आफ्नो उपस्थितिमा सुधार तपाईँका योजना के हुन् ?

हामी यहाँ स्पोर्ट मोडेलमा केन्दि्रत हुन चाहाँछौँ । हामीले हालसम्म नेपालमा ल्याएका मोडेलहरू एफ्जेड् भिथ्री, डबल डिस्क सहितको एफ्जेड्, आर् फिफि्टन भिथ्री र एक्स्टिजेड् सबै सफल नै भएका छन् । यी सबै स्पोर्टी बाइक हुन््, यिनीहरू स्टाइलिस देखिन्छन् र राम्रोसँग काम गर्छन् । त्यसैले हामीलाई  लाग्छ कि छोटो समयमा नै हामी नेपालको प्रिमियम बाइक मार्केटमा नम्बर वान हुनेछौँ । सम्भवतः आगामी वर्ष नै हामीले यो लक्ष्य भेट्नेछौँ ।

नेपालमा नम्बर वान बन्नका लागि कुनै स्पष्ट रणनीति छ त ?

हामी ब्रान्डिङ्मा ध्यान दिनेछौँ किनकि हाम्रा लागि यो महत्वपूर्ण छ । मलाई लाग्छ ग्राहकले बनोट राम्रो भएका भन्दा पनि ब्रान्डका रूपमा राम्ररी प्रचार गरिएका बाइक किन्दछन् । हाम्रो अर्को योजना भनेको राम्रोसँग काम गर्ने बाइक बेच्नु हो । हामी हाम्रा ग्राहकलाई यामाहाको विशिष्टताससँग परिचित गराउन चाहान्छौँ । यसले नै हामीलाई अन्य प्रतिस्पर्धीभन्दा फरक बनाउनेछ भन्ने मेरो विश्वास छ । हामीले अन्य बजारमा पनि यस्तै रणनीति अपनाएका थियौँ र नेपालमा पनि त्यसै गर्न चाहान्छौँ ।


नेपालमै एसेम्बलिङ् प्लान्ट खोल्नेबारे पनि केही सोच्नुभएको छ कि ?

अहिले हाम्रो माग नै खासै ठुलो छैन, त्यसैले एसेम्बलिङ् प्लान्ट नै खोल्नुपर्ने आवश्यकता छजस्तो मलाई लाग्दैन । यद्यपि हामीले भविष्यका लागि यसबारे पनि केही सोचेका छौँ । यसका लागि उपयुक्त नीतिहरू बनाइनुपर्छ ।

त्यसैले म निश्चिन्त भएर भन्न त सक्दिनँ तर हामीले विविध सम्भावना देखेका छौँ ।

विद्युतीय बाइक र स्कुटर बेच्नेबारे तपाईँको कुनै योजना छ ?

वास्तवमा हामीले यस विषयमा केही पनि सोचेका छैनौँ । सबभन्दा पहिले बजारको लेखाजोखा गर्नुपर्छ । हामीलाई थाहा छ कि नेपालमा स्कुटरको बजार ठूलो छ । तर पनि नेपालमा विद्युतीय सवारीको बजार बढ्न नसकेको कुरामा पनि हामी सचेत छौँ । विद्युतीय सवारी उत्पादन गर्नका लागि अझै हामीलाई केही समय लाग्ला ।

नेपाल र अन्य एसियाली बजारबीच के समानता पाउनुहुन्छ ?

सबैतिर बजार उस्तै नै छ । तर हरेक देशपिच्छे स-साना फरक छन् । केही भिन्नता खालि सङ्ख्यासँग सम्बन्धित छन्, जस्तो नेपालमा भारत र बङ्गलादेशमा धेरै प्रयोगकर्ता छन् । यद्यपि वृद्धिको प्रवृत्ति भने उस्तै छ ।

एसियामा तपाईँलाई सबभन्दा धेरै मन पर्ने बजार कुन हो ?

कस्तो बजारलाई राम्रो भन्ने भनी परिभाषित गर्न गाह्रो छ । प्रायः युरोपेली देशहरूमा बाइक रुचि मात्र हो भने दक्षिण एसियामा आवश्यकता । यहाँको मौसम पनि उपयुक्त भएकाले मलाई समग्र दक्षिण एसियाली बजार मन पर्छ ।

तपाईँको नयाँ उत्पादन एम्टी १५प्रति मान्छेको चासो कस्तो छ ?

यो बाइक सम्भवतः आगामी महिना बजारमा जानेछ । नेपालमा आइपुग्न भने करिब दुई महिना लाग्ला ।

नेपाल लगायत अन्य देशमा पनि यसप्रति मानिसको खुबै चासो रहेको मैले सुनेको छु । यसको लुकसँगै भेरिएबल भ्याल्यु एक्चुएन र एन्टिब्रेकिङ् सिस्टम लगायतका नयाँ विशेषतालाई मानिसले प्रशंसा गरेका छन् ।

नेपाली बाइकरहरू पहिल्यैदेखि जापानी बाइकप्रति आकषिर्त छन् । यस विषयमा तपाईँहरूले पनि केही अध्ययन गर्नुभएको छ कि ?

हामीले बाइक बेच्ने देशैपिच्छे फरकफरक हिसाबले अनुसन्धान र विकास गरेका छौँ । हाम्रो मुख्य ध्यान सुरक्षा र काम गराइमा हुन्छ । त्यस हिसाबले जापानी शैलीलाई हामीले खासै ध्यान दिएका छैनौँ । प्रथमतः हाम्रा बाइकहरू सुरक्षित हुनुपर्छ । हामी स्टाइलभन्दा पनि गुणस्तरमा ध्यान दिन्छौँ । हामी अब बाइकमा धेरैभन्दा धेरै प्रविधि प्रयोग गर्ने पक्षमा छौँ किनकि हामीलाई थाहा छ भोलिका बाइक चालकहरू आफ्नो मोबाइल फोन पनि बाइकसँगै जोड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment