+
+
Shares

प्रदेश ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १०:२२

२० जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि पौडेल आइतबार काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल गएका पौडेल चिकित्सकको सल्लाह अनुसार भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले राससलाई  बताए अनुसार चिकित्सकले आइतबार स्वास्थ्य परीक्षणपछि पौडेललाई १ हप्ता आराम गर्न  गर्न भनेका छन् ।

पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन् । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

अस्पताल भर्ना भएसँगै यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?