Comments Add Comment

कालिकाद्वारा सदस्य परिवारलाई बीमा रकम हस्तान्तरण

२० जेठ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्य परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य अनारकली थारुको केहि समय मृत्यु भएको थियो । मृतक सदस्य अनारकलीका श्रीमान्लाई संस्थाले १ लाख ९५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

संस्थाका संचालक समितिका सदस्य कृष्णकाजी केसीले मृतक सदस्यका श्रीमान प्रहलाद थारुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । यसैबीच स्याङ्जामा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्षको योजना अनुसारको ३० वटा शाखा कार्यालयमा केन्द्र प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले पाल्पा, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, गोरखा, धादिङ, मकवानपुर नवलपुर, रुपन्देही लगायतको जिल्लामा रहेका ३० वटा शाखाहरुमा गोष्ठी सम्पन्न गरेको हो । आइतबार अन्तिम २ वटा कार्यक्रम बुटवलको योगिकुटी र सैनामैनाको रानीबगियामा कार्यक्रम सकाएको हो ।

संस्थाले सदस्यहरुको भावना अनुसार कार्यक्रमहरु सञ्चालन गर्नको लागि कुनै कसर नराख्ने र सदस्यमैत्री कार्यक्रम सञ्चालन गर्दै जाने संस्थाका अध्यक्ष कृष्ण खाँणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment