+
+
Shares

बाल यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २० गते १३:००

२० जेठ, रौतहट । रौतहटको बौधीमाई नगरपालिकामा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

बालिकाले नै अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका नियन्त्रणमा लिएर लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?