Comments Add Comment

सांग्रिलाको संध्याकालीन काउन्टर तथा होलीडे काउन्टर

२० जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संध्याकालीन काउन्टर तथा होलीडे काउन्टरको सुविधाहरु थप गरेको छ । ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा एटीएमहरुबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको यस सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ ।

थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाडौं उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टरसहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गरिएको जानकारी गराएको छ ।

सार्वजनिक विदाको समयमा पनि बैंकिङ्ग सेवा प्रदान गर्न शुरु गरिएको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाडौं तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट बहान १० बजे देखि ३ बजे सम्म गा्रहकवर्गको निम्ति बैंकिङ्ग सेवा खुल्ला रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment