Comments Add Comment

रामनारायण बिडारीको टिप्पणी – गाउँमा सांसद आयो भनेर गुटुटु पछि लाग्ने भए

'माननीयलाई खर्ब खर्ब भन्ने दिन आउला ...!'

२१ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले आगामी आर्थिक वर्षका लागि ‘स्थानीय विकास साझेदारी कार्यक्रम’का नाममा ६ करोड रकम छुट्याएकोमा सरकारको आलोचना गरेका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा सांसद बिडारीले भने, ‘हुँदाहुँदा कार्यपालिकाको काम सिद्धिएर खर्ब-खर्ब माननीयलाई भन्ने दिन आउला …त्यसकारण त्यतापट्टीको ध्यानाकर्षण गर्दछु ।’

चालु आर्थिक वर्षमा ४ करोड रहेको स्थानीय विकास साझेदारी कार्यक्रमको रकम बढाएर सरकारले ६ करोड पुर्‍याएको छ । यसबारे राष्ट्रियसभाको बैठकमा सांसद बिडारीले गरेको टिप्पण्णी उनकै शब्दमा–

गाउँमा सानो सानो हुँदाको याद आउँछ । लाउरे आउँथ्यो छड्के रेडियो भिरेर । रेडियो घन्काउँदै । हामी बच्चाहरु पछिपछि लाग्थ्यौं । गज्जबको मान्छे आयो भनेर । त्यो मान्छेले खल्तिबाट किसिम किसिमका चक्लेट झिकेर दिन्थ्यो । अनि मजाले रमाइलो  । अहिले माननीय सांसदलाई अर्थमन्त्रीले गाउँमा जाँदा त्यस्तै बनाइदिनुभएको छ । आयो आयो सांसद आयो भनेर गुटुटु पछि-पछि लाग्ने । मलाई तीन लाख, मलाई दुई लाख, मलाई छ लाख, मलाई आठ लाख, यस्तो प्रकारको बनाइदिनुभएको छ । त्यसकारण प्रशंसा गर्नु पर्ने नै भयो ।

अर्थमन्त्रीजीलाई बाध्यता  पर्‍यो होला । अहिले फेरि पिर गर्न थाल्नुभयो । पिर नगर्नुस, चुप लागे भइगो नि । पिर गर्न थाल्नुभयो भने त आगुन नि गर्नुपर्छ । परागुन पनि गर्नुपर्छ । झन बढाउनुपर्छ । हुँदाहुँदा कार्यपालिकाको काम सिद्धिएर खर्ब-खर्ब माननीयलाई भन्ने दिन आउला …त्यसकारण त्यतापट्टीको  ध्यानाकर्षण गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment