Comments Add Comment

एन आई सी एशिया बैंकको इदका अवसरमा नयाँ योजना

२२ जेठ, काठमाडौं । एन आई सी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

मुलुकभर २८४ शाखा कार्यालयहरु, २९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment