
२२ जेठ, काठमाडौं । नेशनल बाथरोग सेन्टरले नेपालमा ४० लाख व्यक्तिमा कुनै न कुनै प्रकारको बाथ रोगको समस्या रहेको बताएको छ । आफ्नो छैठौं वाषिर्कउत्सवमा सेन्टरले आफू रोगीहरुको सेवामा प्रतिवद्ध रहेको बताएको छ ।
सेन्टरका बाथ रोग विशेषज्ञ डा. विनित वैद्यले यस्तो रोगहरुको समयमै उपचार गराउन सके ठूलो समस्या नहुने बताए । धेरैको बाथरोग निको हुने भन्दै उनले ८० प्रतिशत मान्छेको बाथरोग निको हुन सक्ने तथ्य प्रस्तुत गरे ।
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बाथ रोगका बिरामी बढ्दो दरमा देखिएको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । उनले सेन्टरले नेपालमै पहिलोपटक बाथ रोगमो विश्वसनीय उपचार प्रविधि भित्र्याएको बताए । यसले रोगीहरुको उपचारमा सहजता आएको उनको भनाइ छ ।
बाथरोगको पचारमा लागि संस्थाले विभिन्न जिल्लामा तालिम सञ्चालन गरिरहेको सेन्टरले जनाएको छ । अस्पतालले देशका विभिन्न भागमा निःशुल्क बाथ रोगको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जसमा झण्डै ४४ हजारले सेवा लिएका छन् ।
प्रतिक्रिया 4