Comments Add Comment

हिमालयन बैंक पनि कनेक्ट आईपएस ई-पेमेन्ट प्रणालीमा

२२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्घर्ित नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपएस ई-पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैकहरुमा हिमालयन बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराएको छ ।

अब हिमालयन बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्तगर्न सक्ने व्यवस्था रहेको छ ।

प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फन्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

उक्त प्रणाली सेवाप्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आईपएस छनौट गरी समेत भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

कनेक्ट आईपएस ई पेमेन्ट प्रणालीमा हाल सम्म ५६ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment