Comments Add Comment

सत्य निरुपण र वेपत्ता आयोगमा छिट्टै पदाधिकारी नियुक्त गर्ने सहमति

२२ जेठ, काठमाडौं । शीर्ष नेताहरु सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा छिट्टै पदाधिकारी नियुक्त गर्न सहमत भएका छन् ।

यसबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । बैठकमा विधेयकबारे छलफल गरिरहेका नेताहरु पनि सहभागी थिए ।

दुबै दलका शीर्ष नेताहरु दुबै आयोगमा छिट्टै पदाधिकारी नियुक्त गर्न सहमत भएका छन् । ‘सिफारिस समितिको पनि त्याद सकिँदैछ’ कांग्रेस नेता मिनेन्द्र रिजालले अनलाइनखबरसँग भने, ‘चाँडै दुबै आयोगमा पदाधिकारी नियुक्त गरेर द्वन्द्वकालीन मुद्दाहरुलाई टुंग्याउन नेताहरु सहमत हुनु भएको छ ।’

सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको छ । बैठकमा ऐन संशोधनबारे भइरहेको छलफललाई पनि अगाडि बढाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment