Comments Add Comment

‘भारत’ बुधबार आउँदा ‘जात्रै जात्रा’को शो घट्यो, निर्देशकले पोखे यस्तो आक्रोश

मंगलबारसम्म क्यूएफएक्स चेनमा १२ शोज पाएको नेपाली चलचित्र ‘जात्रै जात्रा’ बुधबार ६ शोजमा खुम्चियो । अदालतमै पुगेर ‘भारत’ नेपाल ल्याएका वितरकले बुधबार रिलिज गरी पाउँ भनेर मुद्दा दायर गरेका थिए । कानुनी प्रक्रिया अनुसार वितरकले जिते र बलिउड चलचित्रले नेपालमा बुधबार नै रिलिजको अवसर पायो । तर, यसो गर्दै गर्दा वितरकले नैतिकता र नेपाली चलचित्रकर्मीले दिदै आएको सम्मानलाई विर्सिए ।

मंगलबार १२ शोज पाएको चलचित्र ‘जात्रै जात्रा’ले बुधबार पनि यत्ती नै शो पाएको भए सबै शोज हाउसफूल हुने पक्का थियो । किनकी, पाएको ६ शोज हाउसफूल भएर दर्शकले टिकट पाएनन् । यसले, केही वितरक र हलवालाहरुको छाती गर्वले फूलेको त होला, तर यसले नेपाली चलचित्रका निर्मातालाई भने घाटा भयो ।

चलचित्रका निर्माता रविन्द्र सिंह बाँनिया र निर्देशक प्रदिप भट्टराइले आक्रोश पोख्दै स्टाटस लेखे । जसमा उनीहरुले लेखेका छन्–‘आफ्नो व्यापार व्यवसाय हो । आफू खुशी गर्न पाइएला । तर, व्यवसायिक धर्म भन्ने पनि त हुन्छ होला । हामी जती डिजर्भ गर्छौ, त्यती मागेका हौं । नेपाली चलचित्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुको मेरा भारत महान भनेको पनि देखिया । हल आफ्नो हुनेहरुले आफ्नो चलचित्रका लागि मनखुशी शो राखेर पनि दर्शकको मन खुश नहुदा कुन हालत भयो, देखेकै हो । हल कब्जा गरेर एक दिन होला, तर हल कब्जा त दर्शकले गर्नुपर्ने हो । मेरिट अनुसार पाउनुपर्ने शो नपाएपनि हामीले पाउनुपर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौ ।’

‘भारत’ले नेपालमा वुधबार बिदाको दिनमा राम्रो कमाई गर्यो । तर, ‘जात्रै जात्रा’ले पनि पाएको शोजमा दर्शकको साथ उल्लेख्य पाएको छ । ‘भारत’लाई बलिउडका केही समिक्षले राम्रो प्रतिक्रिया दिएपनि दर्शक समिक्षा भने कमजोर छ । यसको असर, नेपाली बक्स अफिसमा बिहिबारबाट नै देखिन थालेको छ । बिहिबार ‘भारत र जात्रै जात्रा’को अकुपेन्सी हेर्दा ‘जात्रै जात्रा’को माथि देखिएको छ । नकारात्मक समिक्षाको प्रत्यक्ष प्रभाव ‘भारत’को बक्स अफिसमा पर्ने देखिएको छ ।

यस्तै, चलचित्र ‘कुम्भ करण’ माथि पनि हलको अत्यचार देखिएको छ । मंगलबारसम्म हलमा चलेको चलचित्र बुधबारदेखि हटाइएको छ । चलचित्रले एक साता पनि हलमा चल्न नपाउने शैली कहिलेसम्म हलवालाले चलाउने हुन् ? यो बिषयमा बोलिदिने चलचित्रकर्मी खै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment