
२३ जेठ, काठमाडौं । प्रदेश ३ सरकारको प्रदेश समन्वय परिषद्को दोस्रो बैठक स्थगित भएको छ ।
प्रदेश ३ सरकारले जेठ २४ र २५ का तय गरेकाे समन्वय परिषद्को बैठक अन्तिममा आएर स्थगित भएको हो ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश ३ सरकारले निर्धारित प्रदेश समन्वय परिषद् बैठक स्थगित गरेको हो । मुटुमा समस्या भएपछि चिकित्सकको सल्लाहअनुसार गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएर केही दिनदेखि पौडेल स्वास्थ्य लाभ गरिरहेका छन् ।
तर प्रदेश सरकारले भने यसबारे नबताइ विशेष कारणवश बैठक स्थगित गर्नुपरेको जनाएको छ ।
प्रदेश ३ मुख्ख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डुण्डीप्रसाद निरौलाका अनुसार, परिषद्को स्थगित बैठक जेठ २९ र ३० गते बस्नेछ । निरौलाले यही अनुसार, बैठकमा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।
प्रदेशको विकास निर्माण, प्राकृतिक स्रोत तथा साधनहरूको उपयोग, प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोगलगायत विषयमा साझा अवधारणा तय गर्न प्रदेशले समन्वय परिषद् बैठक गर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4