Comments Add Comment

रविन्द्र खड्काले सार्वजनिक गरे २१ बुँदे प्रतिवद्धता

यतिबेला, चलचित्र कलाकार संघका केही सदस्यहरुलाई निर्वाचनले छपक्कै छोएको छ । जेठ २५ गते, शनिबार आयोजना हुने निर्वाचनका लागि अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्काले २१ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चलचित्र कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारलाई पेन्सनको व्यवस्था गर्ने सम्मका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

खड्काले सार्वजनिक गरेको प्रतिवद्धतामा कलाकारको वर्गिय हक हित र सुरक्षा आफ्नो पहिलो प्राथमिकता भनेका छन् । यस्तै, उनले कलाकारको आर्थिक सम्बृद्धीका लागि विशेष कार्यक्रम संचालन गर्नेदेखि सरकारले भर्खरै घोषणा गरेको समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने समेत बताएका छन् । वृद्ध र अशक्त कलाकारका लागि आर्थिक स्तरोन्नतीको कार्यक्रममा पहल गर्ने बुँदा पनि उनको प्रतिवद्धता पत्रमा समावेश छ । उनले संघको भवनलाई आफ्नो लक्ष्य र आफ्नो उद्देश्य भनेका छन् ।

पारिश्रमिक पुरान पाएका कलाकारको हकका लागि विशेष व्यवस्था गर्ने, कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने कार्ययोजना पनि उनले अगाडि सारेका छन् । उनले कलाकार संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने महासंघको अवधारणा ल्याउने पनि बताएका छन् । आफ्नो सिंगो प्यानल नै सार्वजनिक गर्दै रविन्द्रले कलाकार संघलाई राजनीतिबाट मुक्त बनाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment