+
+
Shares

भुवनकी दुलही बनिन् रीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १२:५८

नायक भूवन केसीको दुलही नायिका रीमा विश्वकर्मा बनिन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । तर, नवलपरासीमा भने भूवन केसीले नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन । यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको हो ।

नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले चलचित्रको पर्दामा धेरै पटक बिहे गरिसकेका छन् । रियल लाइफमा पनि दुबैले बिहे गरिसकेका छन् । राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा भूवन केसीको दोहोरो भूमिका छ । प्रेमराज दाहालको लगानीमा बनिरहेको यो चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन छ ।

चलचित्रमा बेहुला–बेहुलीको रुपमा देखिएका भूवन र रीमाको जोडी देख्दा दर्शकलाई पक्कै कौतुहलता जाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?