+

क्रिकेट रंगशाला निर्माणमा सरकारको सहभागिता रहन्छ : मन्त्री विश्वकर्मा

२०७६ जेठ  २४ गते १५:५० २०७६ जेठ २४ गते १५:५०
क्रिकेट रंगशाला निर्माणमा सरकारको सहभागिता रहन्छ : मन्त्री विश्वकर्मा

२४ जेठ, चितवन । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार ब्याकवोन -मेरुदण्ड)का रुपमा रहने बताएका छन् ।

चितवनमा निर्माणाधीधन गौत्तमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताए ।

रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र लगानी रहने मन्त्री विश्वकर्माले विश्वास दिलाए ।

निर्माणका क्रममा आउन सक्ने सबै खालका चुनौतीको सामना सरकारले गर्ने उनको भनाइ छ । राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुने मन्त्री विश्वकर्माले बताए ।

‘सरकारको मात्रै एकल प्रयासबाट यस्ता ठूला संरचना बनाउन सम्भव छैन,’ मन्त्री विश्वकर्माले भने, ‘जनता, सरकार र यस्ता संघसंस्थाहरुको सहकार्यबाट राष्ट्रिय गौरवको आयोजना बनाउन सकिन्छ भन्ने उदाहरण यो रंगशाला बन्न सक्छ ।’

गत जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ जना मध्ये १४ जना छुटिसकेका छन् भने बाँकी ४ जना छुट्ने क्रममा छ ।

स्थानीयले पश्चिमतर्फ ३१ मिटर बाटो हुनुपर्ने र सो बाटो रंगशाला निर्माणस्थलमा नै हुनुपर्ने माग गर्दै आएका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय