Comments Add Comment

के दीपिकाले ‘हेल्लो जिन्दगी’ पैसाका लागि गरेकी हुन् ?

चलचित्र ‘ऐश्वर्य’बाट उदाएकी नायिका दीपिका प्रसाइ अभिनित दोश्रो चलचित्र ‘छक्का पन्जा’ ब्लकबस्टर भएपनि उनलाई त्यसले खासै फाइदा भएन । दीपिकाको चर्चा बरु निर्देशक दिवाकर भट्टराइसँग प्रेम र बिहेका कारण भयो । दीपिका अहिले आफ्नो तेश्रो प्रोजेक्ट ‘हेल्लो जिन्दगी’मा व्यस्त छिन् ।

दीपिकाले यो चलचित्रमा महंगो पारिश्रमिक पाएर काम गरेको आरोप पनि लागेको छ । अझ भनौ, दीपिका पैसामुखी भएको आरोप उनलाई लागेको छ । नायिका दीपिका प्रसाइले पारिश्रमिक धेरै पाएर चलचित्रमा काम नगरेको बताएकी छिन् । दीपिकाले भनिन्–‘मेरो निर्देशक सूर्य बोहरा दाइसँग राम्रो सम्बन्ध थियो । त्यसैले पनि यो चलचित्रमा काम गरेको हुँ ।’

तर, दीपिकालेसम्बन्ध मात्रै भएका कारण चलचित्र नगरेको बताइन् । उनले भनिन्–‘सम्बन्ध हुनु एउटा कारण मात्र हो । मुख्य कुरा त स्क्रिप्ट पनि हो । चलचित्रको कथा राम्रो नभएको भए मैले गर्ने थिइनँ ।’ चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । यो चलचित्र दीपिका, प्रियंका र निर्देशकका लागि नै चुनौतीपूर्ण र महत्वाकांक्षी छ । चलचित्रलाई हिराल जोशीले निर्माण गरेकी हुन् ।

अहिले नायिका स्वेता खड्काको ठाउँमा नायिका प्रियंका कार्की पनि जोडिएकी छिन् । स्वेता बिरामी भएपछि उनको भूमिकामा प्रियंका जोडिएकी हुन् । नयाँ चलचित्र नभएर म्यूजिक भिडियोमा व्यस्त रहेकी प्रियंकाले यो चलचित्र खेल्न धेरै सोचिनन् । अहिले यो चलचित्रको धमाधम छायांकन भैरहेको छ । चलचित्रमा प्रियंका र दीपिकाको साथमा विक्की जोशीको अभिनय छ ।

एभरेष्ट सूर्य बोहरा चलचित्रका निर्देशक हुन् । बोहराका लागि पनि यो चलचित्र राम्रो बनाउनुपर्ने चुनौती छ । ‘ठूली र भैरे’बाट उनी फेल खाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment